कोरोना संक्रमितको कूल संख्या ५ सय ७, निको भए ७० जना

९ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको कूल संख्या ५ सय ७ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गर्दै कोरोना संक्रमितको कूल संख्या ५ सय ७ पुगेको जानकारी दिएका हुन् ।

मन्त्रालयले अहिलेसम्म ७० जना निको भइसकेको र ४ सय ३३ जना आइसोलेसनमा साथै २७ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेको बताएको छ ।