३१ असार ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोराना संक्रमित एक पुरुषको निधन भएको जानकारी दिएको छ । योसँगै नेपालमा मृत्यु भएका कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले रौतहटको परोहा नगरपालिका ७ का ३६ वर्षीय पुरुषको आज २ः३० बजे निधन भएको जानकारी दिएका हुन् ।
मृतक पुरुष रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि असार २९ गते नारायणी अस्पतालको आइसियुमा उपचाररत रहेको भन्दै उनले आज बिहानदेखि भेन्टीलेटरमा राखेर उपचार गर्दै गर्दा निधन भएको बताए ।
ती पुरुषको स्वाब असार २९ गते नै संकलन गरेर हेटौडा प्रयोशालामा परीक्षणका लागि पठाइएकोमा असार ३१ गते कोरोना पुष्टि नतिजा आएको बताए ।