२ कार्तिक ०७७, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तीन दिनपछि तातोपानी नाका सञ्चालन हुने बताएका छन् ।
मन्त्री ज्ञवालीले शनिबार तातोपानी भन्सार र बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको अवलोकन गरेसँगै पटकपटकको छलफलपछि आवश्यक मापदण्ड पूरा गरी तीन दिनपछि नाका सञ्चालनमा ल्याउन चिनिया पक्ष तयार रहेको जानकारी दिएका हुन् ।
तातोपानी नाकाबाट एक साताभित्र सामाग्री आयातमा सहजीकरण हुने भन्दै उनले नाका सडक विस्तार गर्नुपर्ने आवश्यकता देखिएको समेत बताए ।
‘कोभिड–१९ को संक्रमणसम्बन्धी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सो नाका सञ्चालन गर्ने प्रयत्न भएको छ’, उनले भने, ‘चिनियाँ पक्षलाई आश्वस्त बनाई केही दिनभित्र सामाग्री आयात सुरु हुनेछ ।’