कुलेश्वरस्थित सुकुम्बासी बस्तीमा आगलागी

१५ असोज ०७४, काठमाडौं । बल्खु कुलेश्वरस्थित सुकुम्बासी बस्तीमा आगलागी भएको छ । आगलागीमा ६० घर नष्ट भएका बल्खु प्रहरीले जनाएको छ ।

गएराति करिब ११ बजेतिर मानबहादुर विकको घरबाट आगलागी शुरु भएको थियो ।

मानबहादुर विकको घरमा बालिएको दियोबाट आगलागी शुरु भएको थियो । आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए ।

नेपाली सेना दमकलले आइतबार बिहान आगलागी नियन्त्रणमा लिएका थिए ।

तपाइको मत