किष्ट अस्पतालको व्यवस्थापकीय कमजोरीले कर्मचरी र बिरामीहरु मर्कामा !

ललितपुर । किष्ट मेडिकल कलेज टिचिङ अस्पताल ललितपुरको व्यवस्थापन पक्षले एकतर्फिरुपमा कर्मचारीहरुको हाजिर काटेपछि कर्मचरी र सेवाग्राही साथै बिरामीहरु मर्कामा परेका छन् ।

कामदार, मजदूर साथै कर्मचारीहरुले श्रम ऐन अनुसार असार २० गते १५ सूत्रीय माग पेश गरेसँगै रुष्ट बनेको व्यवस्थापन पक्षले गत मंसिर २९ गते शुक्रबारदेखि एक तर्फिरुपमा कर्मचारीहरुको हाजिर कटौती गरेको हो ।

कर्मचारी र मजदुरहरुको हाजिर काटेपछि अस्पतालमा कार्यरत कर्मचारीका साथै उपचारका लागि आउने बिरामीको स्वास्थ्य उपचार समेत प्रभावित बनेको छ ।

कर्मचारीहरुले गत असार २० गते श्रम ऐन २०४८ को दफा ७४ (१) अनुसार १५ सूत्रीय माग पत्र पेश गरेका थिए ।

माग पेश भएसँगै श्रम कार्यालयले पटक–पटक व्यवस्थापक र कर्माचरीहरुलाई बोलाएर वार्ता गराएको थियो तर वार्ता सफल हुन सकेन ।
वार्ता असफल भएपछि अति सम्वेदनशील क्षेत्र अस्पातल बन्द हुन पुग्यो ।

विगतमा मजदूर–मजदूरबीच भिडाएर आफ्नो स्वार्थ अनुकूल अस्पताल सञ्चालन गर्दै आए पनि यसपटक अस्पताल व्यवस्थापन पक्षले सम्पूर्ण मजदूर तथा कर्मचारी श्रम ऐन कार्यान्वयन गराउन एकजुट हुँदा अस्पतालको आर्थिक अवस्था कमजोर रहेकाले माग पूरा गर्न नसकेको बताउन थालेको छ ।

तपाइको मत