कमलरी विकास मञ्च बर्दियाकी अध्यक्षले गरिन् आत्महत्या

३१ चैत, बर्दिया । मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले आत्महत्या गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले  बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले बुधबार राति करिब ८ बजेतिर आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेको जानकारी दिए ।

आत्महत्या किन गरिन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाइको मत