ओलीकै नेतृत्वमा मुुलुक मध्यावधि चुनावमा जाने

७ जेठ ०७८, काठमाडौं । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (५) वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने ठाेस आधार नदेखिएको बताएकाे छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले शुक्रबार मध्यरातमा जारी गरेकोे वक्तव्यमा प्रधानमन्त्रीका दुवै दाबेदारले पेश गरेको दाबीमा आधार नपुगेको उल्लेख छ ।

धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठन हुन नसकेपछि अब प्रतिनिधि सभा संविधान वमोजिम भंग भएको छ ।

अब कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुुलुक मध्यावधि चुनावमा जाने भएको छ ।

बैशाख २७ मा विश्वासको मत गुमाएका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकाे धारा ७६(३) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । तर ओलीले विश्वासको मतमा नजाने भनी मार्ग प्रशस्त गरेको बताएसँगै उपधारा ४ काे प्रक्रिया पूरा नगरी उपधारा ५ वमोजिम राष्ट्रपतिले नयाँ सरकार गठन आह्वान गरेकी थिइन् ।