१४ जेठ, काठमाडौं । नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य काठमाडौँ महानगरपालिकाको प्रमुखमा विजयी भएका छन् ।
एमालेका शाक्यले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १८ हजार भन्दा बढी मत ल्याई काठमाडौं महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम परिणाम सार्वजनिक गरिएको छैन् । तर, केही बेरमा औपचारिक घोषणा गरेर मत परिणाम सार्वजनिक गरिने काठमाडौँ महानगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।