आज विश्वेश्वरप्रसाद कोइरालाको ३८औँ स्मृति दिवस मनाइँदै

६ साउन ०७७, काठमाडौं । आज नेपाली काँग्रेसले विश्वेश्वरप्रसाद कोइरालाको ३८औँ स्मृति दिवस मनाउँदै छ ।

वि.सं. २०३९ साउन ६ गते निधन भएका कोइरालाको नेपाली काँग्रेसले आज उनको योगदानको सम्झना गर्दै ३८औँ स्मृति दिवस मनाउन लागेको हो ।

कांग्रेसको आदर्श पुरुष कोइराला जहानियाँ राणा शासनको अन्त्यसँगै गृहमन्त्री भएका थिए भने २०१५ सालको आम निर्वाचनमा कांँग्रेसले दुई तिहाइ मत प्राप्त गरेपछि जननिर्वाचित प्रधानमन्त्री (नेपालको २२औं प्रधानमन्त्री) बनेका थिए ।

जीवनको अन्तिम कालखण्डतिर राष्ट्रियता र मेलमिलापलाई बढी जोड दिएका कोइराला राजनीतिमा ‘बीपी’ र नेपाली साहित्यमा ‘विश्वेश्वर’को नामबाट परिचित  छन् । उनको जन्म वि.सं. १९७१ भदौ २४ गते भएको थियो ।