१३ असोज ०७८, काठमाडौं । थारू समुदायका महिलाहरुले आज जितिया पर्व मनाएका छन् ।
यसअघि असोज कष्णपक्षको सप्तमी तिथिमा नजिकैको नदी, जलाशय र इनारमा गइ नुहाएर व्रत प्रारम्भ गरेका थारु महिलाहरुले बुधबार ब्रत बसेर बिहीबार (भोलि) सूर्योदयसँगै सूर्यको पूजा गरी व्रत सम्पन्न गर्नेछन् ।
काठमाडौंमा पनि थारु महिलाहरुका साथै मधेशी महिलाहरुले जितिया पर्वलाई धुमधामका साथ मनाएका छन् ।
थारु महिला समाज नेपालले ललितपुरको टीकाथलीमा राष्ट्रिय जितिया महोत्सवको आयोजना गरेको थियो ।
प्रदेश २ सरकारले जितिया पर्वको अवसरमा आज सार्वजानिक बिदा दिएको थियो ।