अविश्वासको प्रस्तावबाट हटाए दुई तिहाई लिएर आउने प्रधानमन्त्री ओलीको दावी

१६ फागुन ०७७, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (प्रचण्ड-माधव) समूहलाई अविश्वासको प्रस्तावबाट आफूलाई हटाउन चुनौती दिएका छन् ।

झापाको एक कार्यक्रममा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘तपाईंहरुले मुद्दा लडेर प्रतिनिधिसभा ल्याउनुभएको छ, केपी ओलीलाई हटाएर देखाउनुस्,’ उनले भने, ‘अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस् ।’

उनले यसअघि आफूलाई अविश्वास राखेर हटाएको तर जनताबाट निर्वाचित भई आएको बताउँदै अहिले पनि हटाएछ भने जनताबाट दुई तिहाई लिएर आउने दावी समेत गरे ।