अलपत्र मजदुरलाई प्रहरीले गन्तव्यतर्फ पठाए

विराटनगर, ईटहरी, सप्तरीमा दैनिक ज्याला मजदुरी गर्दै आएका मजदुर पैदल हिँडेर राजविराज आइपुगेपछि । तस्बिर : देवराम

१८ चैत ०७६, सप्तरी । लकडाउनका कारण गन्तव्यसम्म पुग्न नपाई बाटोमै अलपत्र परेका ५० जना मजदुरलाई प्रहरीले गन्तव्य तर्फ पठाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिकास्थित रुपनी चौकमा अलपत्र परेका ५० जना नेपाली मजदुरलाई प्रहरीले आइतबार उद्दार गरी गन्तव्यतर्फ पठाएको हो ।

विराटनगर, ईटहरी र राजविराज लगायतका स्थानहरुमा दैनिक ज्याला मजदुरीको काम गर्दै आएका उनीहरु लकडाउन भएपछि पैदल हिँडेर सप्तरी आइपुगेका थिए ।

सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले सर्लाहीका ३८, रौटहटका, बारा र सिरहाका ४÷४ गरी ५० जनालाई गाडी र खाजाको समेत व्यवस्था गरी गन्तव्यतर्फ पठाएको जानकारी दिए ।