९ जेठ ०७४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज १ बजे संसदलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
स्रोतकाअनुसार व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा घोषणा गर्ने छन् ।
सरकार गठनका क्रममा भएको समझदारी अनुसार नै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् ।