११ बैशाख ०७४, काठमाडाैं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउन सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका हुन् ।
पूर्वराष्ट्रपति डा. यादवले सबै दललाई समेटेर निर्वाचनमा लैजाने सरकारको प्रयासमा सबैले साथ दिनु पर्नेमा जोड दिँदै राजनीतिक दलहरु एकतावद्ध भएर मुलुकलाई शान्ति र समृद्धिको बाटो अघि बढाउनुको विकल्प नरहेको बताए ।
उनले आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्न पनि दलहरु सफल हुने विश्वास पनि व्यक्त गरे ।