मधेश केन्द्रीत ६ दलको नवगठित पार्टी राजपा : विवादित नाम र झण्डा

six Parti akata ghosana

९ बैशाख ०७४, काठमाडौं । मधेशी मोर्चामा आवद्ध ६ दलले बैशाख ७ गते पार्टी एकता कार्यक्रममा नवगठित पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ घोषणा गरेसँगै जन्मिएको पार्टी दुई किसिमले चर्चामा आएको छ ।

चर्चा नम्बर १

बिहीबार राजधानीको एक पार्टी प्यालेसमा महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकता भई राष्ट्रिय जनता पार्टी बनेको छ ।

morcha flag

महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव र अनिल झाले हात उठाएर एकै स्वरमा ‘मधेसी दलहरु मिल्नै सक्दैनन् भन्थे तर, एकता त गरेर देखायौं’ भन्दै ‘राष्ट्रिय जनता पार्टी’ घोषणा त गरे । तर, उनीहरुले घोषणा गरेको पार्टीको नाम निर्वाचन आयोगमा पहिल्यै दर्ता भएको पाइएको छ ।

Rastiya-Janta-party-old

नेत्र बहादुर लिम्बु अध्यक्ष रहेको ‘राष्ट्रिय जनता पार्टी’ निर्वाचन आयोगमा २०७३ चैत २ गते दर्ता भएको देखिन्छ । यही अवस्थामा मधेश केन्द्रीत यी ६ दलले एकता भए पनि “राष्ट्रिय जनता पार्टी “नाम पाउने छैनन् ।

मधेसी मोर्चामा आवद्ध दलहरुको पार्टी घोषणा भएपछि ‘राष्ट्रिय जनता पार्टी’का अध्यक्ष लिम्बुले आयोगमा चासो राखेको सुनाए । उनले भने, ‘यो नाम हाम्रै हुन्छ । उहाँहरुले अगाडि पछाडि केही थप्नु सक्नुहुन्छ भन्ने कुरा आएको छ ।’

चर्चा नम्बर २

मधेसी मोर्चामा आवद्ध ६ दलले एकतापछि सार्वजनिक गरेको झण्डाले सामाजिक सञ्जालमा राम्रै चर्चा  पाएको छ ।

पुन्य गौतम ‘विश्वास’ले सामाजिक सञ्जाल फेसबुकमा महन्थ नेतृत्वको राष्ट्रिय जनता पार्टीको राजनीतिक शब्दकोशबाट नेपाल शब्द गायब, पार्टीको ‘झण्डा’ झण्डै भारतीय झण्डा जस्तो भएको उल्लेख गरेका छन् ।

b

 

‘महन्थ नेतृत्वको राष्ट्रिय जनता पार्टीको राजनीतिक शब्दकोशबाट नेपाल शब्द गायब/पार्टीको झण्डा झण्डै भारतीय झण्डा जस्तो’ गौतमले फेसबुकमा लेखेका छन्, ‘पार्टीको नाम यदि ‘नेपाली जनता पार्टी’ राखिएको भए नवगठित ‘राजपा’ भाजपाको (भारतीय जनता पार्टीको) नेपाल शाखा हो भन्नेलाई उनीहरुले संयोग वा प्रभाब मात्रै हो भनेर थुम्थुम्याँउथे होलान । तर, जय मधेस भन्ने जय देश नभन्ने ‘मधेसी राष्ट्रियता’का ठेकेदार महन्थ-महतोहरुलाई नेपाली शब्दप्रति यति एलर्जी रहेछ ।’

c

यसैगरी डण्ड गुरुङले ‘छाता बाहेक के छ भारत र नेपालमे ?’ भनी फेसबुक पेजमा लेखेका छन् । त्यस्तै गुरुङको पोष्टलाई प्रतिक्रिया जनाउँदै कमेन्ट वक्समा अर्जुन नेवारले ‘झण्डा उस्तै छाता फरक । भनेपछि भारतको छत्रछाँयामा । अर्थ यस्तै लाग्ला ।’ भनेका छन् ।

d

पी. बी गुरूङले पनि डण्ड गुरुङको पोष्टमाथि कमेन्ट गर्दै ‘मधेसी नेता भनाउँदाहरुको बारेमा धेरै बुझ्नु जरुरी छैन, उहाँहरुको नियत कस्तो छ ? झण्डाले एैना हेरे जस्तै छर्लङ देखेएको छ !’ भनेका छन् ।

 

तपाइको मत