कानूनमन्त्रीको दाबी : मधेसी मोर्चाले चुनावमा भाग नलिए पनि चुनाव तोकिएकै मितिमा

Kanun Mantralaya

३ बैशाख ०७४, काठमाडौं ।  कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले मधेसी मोर्चाले चुनावमा भाग नलिए पनि चुनाव तोकिएकै मितिमा हुने दाबी गरेका छन् ।

सरकार अन्तिमसम्म लचिलो भएर प्रस्तुत हुने भन्दै मन्त्री नायकले संशोधनको विषयमा मोर्चाले बाहिर नाटक गरेको बताए ।

‘मोर्चाले निर्वाचन बहिष्कार गरे पनि चुनाव हुन्छ, तर हामी सहमतिको लागि अन्तिमसम्म पनि लचिलो भएर प्रस्तुत हुन्छौं ।’ मन्त्री नायकले भने,  ‘हामीले उहाँहरुसँग हरेक विषयवस्तुमा छलफल गरेर नै अहिलेको संशोधन प्रस्तावमा उल्लेख भएका विषयहरु ल्याएका छौं । तर उहाँहरुले बाहिर नाटक गर्नुभयो ।’

मन्त्री नायकले सरकारले मोर्चासँग हरेक विषयवस्तुमा छलफल गरेर नै नयाँ संशोधन प्रस्ताव ल्याएको तर मोर्चाले प्रस्ताव अस्विकार गरेर नाटकीय ढंगले प्रस्तुत भएको आरोप लगाए ।

तपाइको मत