सरकारी वकिलहरुको आन्दोलनमा महान्यायाधिवक्ताको समर्थन !

९ माघ, काठमाडौं । सरकारी वकिलहरु र ट्रेड युनियनले सुरु गरेको आन्दोलनमा महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले  समर्थन जनाएका छन् ।

महान्यायाधिवक्ता श्रेष्ठले आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति असन्तुष्टी जनाउँदै सरकारी वकिलहरुले सुरु गरेको आन्दोलनमा पूर्ण ऐक्यबद्धता एवम् समर्थन रहेको बताएका हुन् ।

महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनहरुले नियुक्ति सच्चाउन माग गर्दै आइतबारबाट सर्वोच्चसहित देशभरका अदालतमा बहस पैरवी लगायतका सम्पूर्ण कार्य बहिस्कार गरेका छन् ।

महान्यायाधीवक्ता श्रेष्ठले सरकारी वकिलहरुलाई उपेक्षा गरिएको, समानुपातिक एवम् समावेशी नभएको र सरकारी वकिल एक जनालाई बनाइएको भन्दै सरकारको प्रतिरक्षा गर्ने वकिलहरुलाई सक्षम र योग्य बनाउनको लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

तपाइको मत