२९ पुस,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट ‘युएर्इ’ वर्ल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन शनिबार १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राजधानी अवुधावी गएका छन् ।
प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी, उनको स्वकीय सचिवालयका सदस्य छन् । यस्तै ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्रालयका सहसचिव लगायतको टोली पनि सोही प्रतिनिधिमण्डलको सदस्यका रुपमा समिटमा सहभागी हुने कार्यक्रम छ ।
प्रधानमन्त्रीले आगामी सोमबार समिटमा ऊर्जाका विभिन्न क्षेत्र, नेपालमा लगानीको अवसर, नेपालले अवलम्बन गरिरहेको नीति एवम् भावी परिदृश्यका बारेमा विशेष सम्बोधन गर्ने तय भएको छ ।
प्रधानमन्त्रीले नेपाली कामदारको समस्या समाधान गर्न, सुरक्षित एवम् भरपर्दो रोजगारीको वातावरण बनाइदिन र कामदार सुरक्षाको विषयमा समेत समकक्षी एवम् उच्च सरकारी अधिकारीसँग कुराकानी गर्ने कार्यक्रम छ ।