काठमाडौं । दक्षिण कोरियाको संसदले राष्ट्रपति पार्क गियुन हायविरुद्ध महाअभियोग प्रस्ताव पास गरेको छ ।
राष्ट्रपति पार्क पछिल्लो समय एकपछि अर्को विवादमा मुछिएकी थिइन् । तर, एउटा यस्तो स्क्याण्डल सार्वजनिक भयो, जसले दक्षिण कोरियाको राजनीतिमा भुइँचालो नै ल्यायो ।
राष्ट्रपति पार्क आफ्नो वफादार चोई सुन सिलसँगको सम्वन्धका कारण विवादमा तानिएकी हुन् । र, आरोप छ कि राष्ट्रपतिसँग निकट रहेका कारण चोईले अवैध तरिकाले वित्तीय लाभ लिए ।
राष्ट्रपति पार्कले लगातार यो आरोप खण्डन गरिन् । र, कयौंपटक माफी पनि मागिन् । तर, उनविरुद्ध संसदले नै महाअभियोग पास गरेको छ । र, अब उनले पद छाड्नु पर्नेछ ।
संसदको यो फैसलालाई नौ न्यायाधीश रहेको संवैधानिक अदालतले स्वीकृत गर्नुपर्छ । यसका लागि केही समय लाग्नेछ । यसो भएमा कार्यकाल रहँदै पदमुक्त हुने उनी पहिलो दक्षिण कोरियाली राष्ट्रपति बन्नेछिन् ।
अब राष्ट्रपतिको कार्यभार प्रधानमन्त्री हुवान कियो आनले सम्हाल्ने छन् ।
चोईलाई राष्ट्रपति पार्कका निकटवर्ती मानिन्छ । र, पार्कका रहेक निर्णय तथा कामकारबाहीमा उनी हावी भएको आरोप छ । उनी चोई तेई मिनकी छोरी हुन्, जो तान्त्रिक हुन् । र, चोईका पूर्व पति चाङ यून होइ पार्कका पूर्व मुख्यसचिव हुन् ।