६ मंसिर, काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र पशुपति शमसेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज पार्टी एकता हुँदैछ ।
पार्टी एकतासँगै एकीकृत पार्टीको नाम “राष्ट्रिय प्रजातन्त्र पार्टी” रहने र दुईजना अध्यक्ष हुने अन्तरिम विधान पारित भइसकेको छ । पार्टी एकता भएसँगै राप्रपाको राष्ट्रिय अध्यक्ष पशुपति शमसेर राणा र पार्टी अध्यक्ष कमल थापा बन्नेछन् ।
पार्टी एकतासँगै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदमा ३७ सिटका साथ चौथो ठूलो दल बन्नेछ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच राप्रपा नेपाल र राप्रपा पार्टी एकता हुँदैछ ।