गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा मंगलबार सार्वजनिक बिदा

२१ माघ ०८१, काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशभर स्थापना दिवसको अवसरमा माघ २२ गते मंगलबार बिदा दिने निर्णय गरेको हो ।

मंगलबार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।