फाल्गुनन्दका सिद्धान्त देशैभर फैलाउनु पर्ने सभामुख घिमिरेको भनाई

२५ कार्तिक ०८१, काठमाडौं । सभामुख देवराज घिमिरेले फाल्गुनन्दले प्रतिपादन गरेका सिद्धान्तलाई किरात समुदायमा मात्रै सीमित नगरी देशैभर फैलाउन जरुरी रहेको पनि बताएका छन् ।

किरात माङ्सेसे हाङ्साम माङ्हिमले फाल्गुनन्दको १४० औं जन्मजयन्तीका अवसरमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शङ्खादेवीमा गरेको कार्यक्रममा बोल्दै घिमिरेले यस्तो बताएका हुन् ।

उनले किरात धर्मावलम्बीका गुरु फाल्गुनन्द अगुवा समाज सुधारक रहेको बताउँदै मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता फाल्गुनन्दका नीति समाज सुधारका लागि महत्वपूर्ण दस्तावेज भएको बताए ।