३ भदौ, ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुरको एकता भेलाबाट रामहरी कार्कीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ ।
विभिन्न समयमा विभाजित माओवादी गत जेठ ६ गते एकता भएर नेकपा माओवादी केन्द्र गठन भएसँगै माओवादी निकट पत्रकारहरु पनि एकता भेला गर्दै एकता हुने क्रम जारी छ ।
शुक्रबार ललितपुरमा भएको एकता भेलाबाट कार्कीको अध्यक्षतामा गठन भएको नयाँ कार्य समिति उपाध्यक्ष प्रकाश थापा पुलामी मगर, अर्जुन पन्त, मन्दिरा दुलाल र श्याम तन्डुकार रहेका छन् ।
यसैगरी सचिवमा विमल श्रेष्ठ, सह-सचिव फातिमा बानू र शिव ढकाल रहेका छन् भने कोषाध्यक्ष गोपाल आले मगर रहेका छन् ।
सदस्यहरुमा अनित पाण्डे, शिशिर लामा, केशव, सिता बिक, किरण रजक, अम्बर परियार र पवन पराइली रहेका छन् ।
एकता भेलामा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल, पोलिटब्यूरो सदस्य हरि दाहाल, राजकाजी महर्जन, प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य बलराम थापा, एस.बी.थापामगर, राजु लामा लगायतले नयाँ कार्यसमितिलाई एकताबद्ध भई अघि बढ्न र कार्यकालको सफलताको शुभकामना तथा बधाई मन्तव्य दिएका थिए ।