१२ साउन ०८०, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुचित लेनदेन सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन् ।
शुक्रबार राष्ट्रपति पौडेलले दुबै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको जानकारी दिइन् ।
राष्ट्रपतिले प्रमाणीकरण विधेयकले कानुनी रुप लिएको छ ।