पोखरा बसपार्क वरिपरि सवारी साधन पार्किङ गर्न निषेध

७ साउन ०८०, कास्की । पोखरा बसपार्क क्षेत्रका सडक वरिपरि सवारी साधन पार्किङ गर्न निषेध गरिएको छ ।

पोखरा महानगरपालिकाले पृथ्वीचोकदेखि सेती पुलसम्म सडक छेउमा सवारी साधन पार्किङ गर्न निषेध गरेको हो ।

पोखरा बसपार्क राजमार्गसँगै जोडिएकाले साना, ठूला सवारी साधन पार्किङ गर्दा समस्या देखिएकाले जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने निर्णय गरेको पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले बताए ।

तिमिल्सिनाले भने, ‘क्युमा बस्ने लामो दूरीका बसमात्रै बाहिर राखिन्छ । बाँकी सबैलाई सडकमा पार्किङ नगर्न सूचना जारी गरेका छौं ।’