अमेरिकी सहायक विदेशमन्त्री लुद्वारा दिवंगत सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण

३० असार ०८०, काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार दिवंगत सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

एक दिने भ्रमणमा शुक्रबार दिउँसो काठमाडौँ आइपुगेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्ड लगायत परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

लुले शोक पुस्तिकामा उपस्थिति जनाउँदै प्रधानमन्त्री प्रचण्डकी जीवनसाथी दिवंगत सीता दाहालको तस्बिर अघि उभिएर शीर झुकाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यसअघि लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउदका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।