सट्टा भन्ने शब्द आँ’पनि गर्नुहुन्थेन भन्नेहरूले नै सट्टाको निर्णय गराउनु भा’छ – प्रधानमन्त्री

२४ जेठ ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा सट्टापट्टाबारे समय आएपछि प्रमाण देखाउने बताएका छन् ।

भारत भ्रमणबारे बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले कुनैदिन प्रमाण नै देखाउने बताएका हुन् ।

प्रधानमन्त्रीले भने, “नेपालको यो राष्ट्रिय हित यहाँ गयो भन्ने ठाउँ कहीँ छैन, साथीहरुले भन्नुभयो, सट्टापट्टा भन्यो, मैले भनेकै हैन् । मैले यसो पनि विगतदेखि भन्ने तर्क पनि छ भनेँ, पत्रकारहरुसँग ।”

“मैले अहिले प्रमाण ठ्याक्कै त देखाउन सकिनँ अहिले, समय सायद आउँछ, मैले प्रमाण पनि देखाउन सक्छु”, उनले भनेका छन, “अहिले जो जो पार्टी नेताहरूले यो सट्टा भन्ने शब्द आँ’पनि गर्नुहुन्थेन भन्नुभएको छ, उहाँहरूले नै सट्टाको कुरा निर्णय गराउनु भाछ । कुनै दिन समय आउला, तर म के भन्छु भने, मैले नेपालको राष्ट्रिय हितका पक्षमा, नेपाली जनताको बृहत्तर विकास र समृद्धिको हितको पक्षमा आफ्नो विवेक र वर्गतले भ्याएजति मैले गरेँ भन्ने छ, मलाई गर्व छ, म खुसी छु ।”