२ जेठ ०८०, काठमाडौं । सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल गर्न सत्तारुढ दलको बैठक बस्दैछ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिएको जानकारीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो साढे २ बजे सत्तारुढ १० दलको बैठक सिंहरबारमा बोलाएका छन् ।
उनले छलफलमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका नेताहरुका सुझाव लिनुहुने पनि बताए ।
यही ५ गते सरकारले प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ ।