अन्टुफको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, १५१ सदस्यीय कार्यसमिति चयन

 

२० बैशाख ०८०, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)को आठौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले जगत सिम्खडाको अध्यक्षतामा एक सय ५१ जना नयाँ कार्यसमिति चयन गरेको छ ।

बैशाख १८ गते मई दिवसका दिन काठमाडौंको प्रज्ञा भवन, कमलादीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेको महाधिवेशनले सिम्खडाको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धनबहादुर बिक, पहिलो उपाध्यक्षमा एसबी थापा त्यसपछि क्रमशः प्रकाश श्रेष्ठ, विष्णुकुमारी थापा, भूपाल सापकोटा, राजकुमार लामा, सोम तामाङ, लालकुमारी पुन, नरहरिनाथ योगी चयन भएका छन् ।

 

यस्तै महासचिवमा शालिकराम काफ्ले साथै उपमहासचिवहरुमा माधव पाण्डे, शिव पोखरेल, रामचन्द्र कार्की, दानबहादुर ओली, उपेन्द्र राय, युवराज लुइँटेल र सीता सापकोटा छन् ।

यसैगरी सचिवहरुमा लक्ष्मी ढकाल, निरज गोले, अर्जुन चिमरिया, ललित घर्ती, संगीता बानियाँ, आजिता सिंखडा तथा कोषाध्यक्षमा धनु दाहाल चयन भएका छन् ।

महाधिवेशनबाट पदाधिकारीसहित १३६ जना सर्वसम्मत निर्वाचित भएका छन् भने बाँकी १५ जना सदस्यहरु जो प्रदेश महासंघ र पेशागत संगठनबाट केन्द्रीय सदस्य बनाउनु पर्ने तर बन्न छुटेका तिनीहरुलाई योग्यता, क्षमता र संगठनमा निरन्तरताका आधार मानेर ल्याइने बताइएको छ ।

अन्टुफमा ७ प्रदेश समिति, २३ वटा पेशागत संगठन आवद्ध रहेका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ५ वर्षको हुनेछ ।