८ चैत्र ०७९, विराटनगर । नेपाली कांग्रेसले सत्ता गठबन्धनका शीर्ष नेतालाई भेटेर प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न आग्रह गरेका छन् ।
कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सत्ता गठबन्धनका तीन शीर्ष नेता माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर कोशी प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न आग्रह गरेका हुन् ।
विकल्प निकाल्न सुझाउँदै थापाले भनेका छन् ‘सत्ता गठबन्धनले बहुमत पाउने अवस्था छैन, मध्यावधिमा जानबाट रोक्नुहोस, शीर्ष नेताहरु बसेर निकास दिनुहोस् ।’