नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरू

२८ असोज ०७९, पोखरा । पर्यटकीय नगरी कास्कीको पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरू भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले नवौं राष्ट्रिय खेलकुदको औपचारिक उदघाटन घोषणा गरेसँगै प्रतियोगिता सुरू गरिएको हो ।

‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक दीप प्रज्वलन गरेका थिए ।

उदघाटन समारोहमा खेलकुद प्रतियोगी विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमले मार्चपास गरेका थिए भने झाँकी लगायत प्रदर्शन गरिएको थियो ।