१७ जेठ ०७९, काठमाडौं । मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म हुने आईसीसी यू–१९, महिला टी–२० विश्वकप एसिया छनोट खेल्न नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्दैछन् ।
उक्त टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक कार्यक्रम आयोजना गरेर बिदाई गरेको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ललगायतले प्रशिक्षक महेश रिजालसहित चारजना अफिसियल र १४ जना खेलाडीलाई विदाई गरेका हुन् ।
आईसीसीले सन् २०२३ को जनवरीमा महिला यू–१९ विश्वकप पहिलोपल्ट दक्षिण अफ्रिका आयोजना गर्दैछ ।