२४ कार्तिक ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् ।
यस पर्वले आपसी एकता थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै राष्ट्रिपतिले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेकी छन् ।
यस्तै यस पर्वको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना सन्देश मार्फत् भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छठको अवसरमा सबै नेपालीलाई शुभकामना दिएका छन् ।