२१ कार्तिक ०७८, काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुलेको बताएकी छिन् ।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत व्यापार शुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढीरहेको बताएकी हुन् ।
उनले भारतमा विद्युत व्यापारको शुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यपार दक्षिण एशियाकै पहिलो भएको बताइन् । मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएको आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताइन् ।