८ असाेज ०७८, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ ‘अन्टुफ’ केन्द्रीय अध्यक्ष जगत सिम्खडाले एमाले नेता रामबहादुर थापा ‘बादल’लाई आगामी निवार्चनमा धादिङ आएर आफूसँग प्रतिस्पर्धा गर्न चुनाैति दिएका छन् ।
एमाले नेता थापाकाे प्रचण्डसँग चुनाव लड्छु भन्ने अभिव्यक्ति सञ्चारमाध्यममा आएसँगै बागमती प्रदेश सभा सदस्य समेत रहेका अन्टुफ अध्यक्ष सिम्खडाले उनलाई आफूसँग प्रतिस्पर्धा गर्न चुनाैति दिएका हुन् ।
शुक्रबार अन्टुफ अध्यक्ष सिम्खडाले सामाजिक सञ्जालमा लेखेका छन्, “प्रचण्डको गफ नदिउ रहरै छ भनि धादिङ तिर मसँग लड्न जनताले हिसाब गरेका छन् ।”
पूर्वमाओवादी नेता समेत रहेका एमाले नेता थापा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा लागेका थिए भने राष्ट्रिय सभा उपनिर्वाचनमा तत्कालीन एमालेकै वागी उम्मेदवार खिमलाल देवकोटासँग पराजित भएका थिए ।