बजेट प्रतिस्थापन विधेयक एमाले सहमतिमा नआए पनि पारित हुने !

२८ भदौ ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट प्रतिस्थापन विधेयक पारित हुने बताएका छन् ।

सोमबार प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले सहमतिमा नआए पनि बजेट प्रतिस्थापन विधेयक पारित हुने बताएका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्बदलीय बैठकमा बजेट पारित गर्न द्वन्द्वको विकल्पमा जानुपर्ने हुनसक्ने बताउँदै उनले एमालेलाई सहमति र सम्वादमा आउन आग्रह पनि गरे ।

प्रधानमन्त्री देउवाले भने, ‘सहमतिमा नआएको अवस्थामा बजेट पास गर्न द्वन्द्वको विकल्पमा जानुपर्ने हुन्छ ।त्यसकारण एमाले सहमति र सम्वादमा आउन जरुरी छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर, उक्त बैठक एमालेका नेताहरु सहभागी नै भएनन् ।