२९ असार ०७८, काठमाडौं । नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले स्थायी कमिटी बैठक स्थगन भएको हो ।
आज मंगलबार दिउँसो एक बजे स्थायी कमिटी बोलाइएको थियो भने माधवकुमार नेपाल समूहको उपस्थिति के हुन्छ भनेर यस बैठकलाई चासोका साथ हेरिएको थियो ।