रक्षामन्त्रीलाई सेनापतिले टेर्दैन ? गृहमन्त्रीलाई सिपाहीले टेर्दैन ! किन टेर्दैन ? – मातृका यादव

२६ असार, काठमाडौं ।

matrikaनेकपा माओवादी केन्द्रका कार्यालय सदस्य मातृका प्रसाद यादवले असार २५ गते शनिबार काठमाडौंमा ट्रेड युनियन महासंघहरूको संयुक्त राष्ट्रिय एकता सम्मेलनलाई सम्बोधन गर्दै ‘रक्षामन्त्रीलाई सेनापतिले टेर्दैन ? गृहमन्त्रीलाई सिपाहीले टेर्दैन ! किन टेर्दैन ? भनी गम्भीर प्रश्न उठाएका छन् । यादवले मजदुरको नेताहरुले मजदुरहरुलाई हडताल गर्न लगाएर आफू चाहिँ मालिकसँग गएर खाने गरेकाले मजदुर आन्दोलन उठ्न नसकेको समेत दावी गरे ।

कार्यालय सदस्य मातृका यादवले ट्रेड युनियन महासंघहरूको संयुक्त राष्ट्रिय एकता सम्मेलनलाई गरेको सम्बोधनको अंशः

हाम्रो आन्दोलनमा कसैले भनोस् नभनोस् म एक नम्बरको क्रान्तिकारी भन्ने चलन छ । तर दिमागमा मजदुरको समस्या हल गर्ने योजना छैन् । यो माओवादी हो कि खाओवादी हो ? भन्ने आम जनतामा परेको छ । यस्तो अवस्थामा जनताले हामीलाई विश्वास गर्दैन । मजदुरले हामीलाई विश्वास गर्दैन । क्रान्तिको कुरा त धेरै परको कुरा हो । हामीले शहीद बेपत्ताको लागि के ग‍-यौं ?

म तीन चोटी मन्त्री भएँ । अरु कुरा छोडिदिउँ जनयुद्धमा सहिद कति भयो ? भनेर पत्ता लगाउन सकेका छैनौ । हाम्रै गृहमन्त्री कति वटा भइसक्यो । कति बेपत्ता छन्, त्यो पनि थाहा भएको छैन । म गृहमन्त्रीलाई दोष दिन चाहान्न । गृहमन्त्रीले के पो गर्नु ? एउटा पनि हवल्दार हाम्रो भए पो टेर्नु ।

हामी एकतामा आयौं । हामी पनि कम क्रान्तिकारी थिएनौं । तर, हामी गरौंला भनेर गएको सकिएन । म बाहिर आएर यो गडबड हो भन्दाखेरि प्रचण्ड कमरेडले भन्नुहुन्थ्यो,‘तपाईं बुझ्नुहुन्न, तपाईं जेलबाट आएको मान्छे ।’ होला जेलबाट आएको मान्छे सबै कुरा थाहा पाइँदैन । तर म भन्थेँ, जेलबाट आएपनि यसरी क्रान्ति हुँदैन । तर, गढबढ भयो । गढबढमा तपाईंहरु पनि सहभागी हो कि होइन ?

अलग अलग स्कुल बनाउन भनेको सकिएन । हेड मास्टर चाहिँदो रहेछ । त्यो त १० हजार जनताको रगत पसिना बेपत्ताको आँशुबाट बनेको हेडमास्टर न हो प्रचण्ड । हामी जसरी पनि खत्तम बनाउनुपर्छ र अर्काे हेडमास्टर बनाउनुपर्छ भनेर लागेकै हो । तर, सकिएन । हामी एकतामा आयौं ।

प्रचण्ड कमरेडले बायाँ जाँदा, ‘म बायाँ गएँ है’ भन्दा ताली, दायाँ गएँ है भन्दा पनि ताली ? माक्र्सवादले दायाँ–बायाँ ठीक होइन भन्छ नी ?

प्रचण्ड कमरेडले राम्रो गर्दा त ठीकै हो, तर खाल्टोमा जाँकिदा पनि ताली बजाउने ? खाल्टोमा पसिसक्यो ताली ? गम्भीरतापूर्वक सोच्नु प-यो । नेताले गल्ती ग‍-यो भने हामीले रोक्नुपर्छ । फौजी राजनीतिक र वैचारिक रुपले हमला गर्नुपर्छ । तर, क्रान्तिकारी हुनु प-यो । रेड हुनुप-यो ।

अहिले बाबुरामलाई गएर सोध्यो भने, एक्सपर्ट भन्छ । प्रचण्डलाई सोध्न जानुभयो भने रेड भन्छ । तर, प्रचण्डले यो पनि भन्छ, एक्सपर्ट पनि चाहिन्छ । रेड बिनाको एक्सपर्टको क्रान्तिमा कुनै अर्थ छैन । सल्लाह लिने हो, त्यसलाई ठेलेर पठाई दिने हो । उसलाई रेड बनाउनु पर्छ । मालिकसँग मिलेर हुन्छ ? शासकको मलजल हुने काम गर्नु हुन्न । मजदुरको सेवा गर्नुपर्छ । हामी सबै रुपान्तरण हौं । रुपान्तरणमा नै समस्या हो । हाम्रोमा पण्डितहरुको भाषण सुन्नुभएकै होला, ‘सदाचारी बनौं, मदिरा सेवन न’करो भन्छ, तर, रातमा भट्टीमा गएर त्यही मदिरा पिउँछ ।

रक्षामन्त्रीलाई सेनापतिले टेर्दैन ? गृहमन्त्रीलाई सिपाहीले टेर्दैन ! किन टेर्दैन ? त्यता विचार भएन । त्यहाँ कतै न कतै हाम्रो दोष हो । माओवादीको प्रधानमन्त्री दुई दुई पटकसम्म भएको छ, गृहमन्त्री माओवादीकै हुँदा पनि सहिद, बेपत्ता, घाइते र अपाङ्ग कति छन् ? भन्ने तथ्याङ्क निकाल्न सकेको छैन् गृहमन्त्रीको आफ्नो एउटै हवल्दार पनि नभएको र भए पनि सरुवा गर्दा २–४ हजार लिने गरेकाले नमानेको हो ।

त्यो प्रतिक्रियावादी सत्तामा जो गएपनि त्यसको पो सेवा गर्न जाने हो त ! हामी उपयोग गर्न जाने हो । दिमागमा उपयोग गर्न जाने हो भन्ने हुनु पर्‍यो । त्यसको लागि सन्कि हुनुप-यो । अलिअलि सन्किनु पर्छ ।

जे लेख्यो त्यही भाषण गर्ने हो र ? त्यो हुँदैन नी ! म पनि मन्त्री भएर चलाएकै हो । नटेर्नेलाई घोक्रेठ्याक लगाएकै हो । उपयोग गर्न जाने भनेपछि जुन चीज काम नलाग्ने हो त्यसलाई फूटाएर पो हिड्ने हो त । उनीहरुको दिमाग खराब गरिदिने हो ।

तपाईंहरु बद्नाम भयो भने हाम्रो पनि बदनाम हुन्छ । अहिले लाईन ल्याउनु भएको छ, ‘जनताको माओवादी जनताको घरमा’ तर बस्न दिए पो ?

अब मेहनत गर्नु प-यो पार्टीको आदेश छ । यो पार्टीले पास गरेको लाईन हो । जनताको सेवा गर्नु प-यो । उसको मन जित्नुप-यो । जनताको मजदुर मजदुरकै घरमा भन्ने नारा आउनु पर्‍यो । जनताको घरमा गएर भन्नै पर्छ, ‘हाम्रो गल्ति भयो, मान्छेबाट गल्ति हुन्छ । त्यो गल्ति गर्दैनौं ।’

तपाइको मत