५ चैत, काठमाडौं । नेकपा एमाले, संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टी बाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले गुटभेलामा जानेहरुलाई आत्मलोचना सहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आहृवान गरिएको छ । तर दलको बैठकको निर्णय नमाने कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।
बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
दलका नेता केपी शर्मा ओली अध्यक्ष रहने बोर्डको पदेन सदस्यमा उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी छन् ।
सदस्यहरूमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, बिमला राई पौड्याल, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा छन् ।
यस्तै, भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विश्वकर्मा पनि बोर्ड सदस्य छन् ।