२९ माघ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले करिब साढे ५ घण्टा हिरासतमा राखेर रिहा गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले अनुसन्धानका लागि भन्दै झाँक्रीलाई अपराध संहिताको राज्यविरूद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार बिहीबार बिहान पक्राउ गरेर साँझ रिहा गरिएको हो ।
करिब साढे ५ घण्टापछि प्रहरी हिरासतबाट रिहा भएसँगै नेतृ झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताइन् ।
‘हामी जित्दैछौं,’ उनले भनिन्, ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ ।’