१५ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृ अष्टलक्ष्मी शाक्यले जनताको शक्तिका अगाडि स्वेच्छाचारी, निरंकुश, तानाशाही शासनसत्ता नटिक्ने बताएकी छन् ।
नेतृ शाक्यले प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले मंगलबार भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
“जनताको शक्तिका अगाडि कस्ता कस्ता तानाशाही शासकहरु त ढले भने केपी ओलीको सत्ता टिक्ने वाला छैन्,” उनले भनिन, “स्वेच्छाचारी, निरंकुश, तानाशाही केपी ओलीको शासनसत्ताका विरुद्ध असंवैधानिक कदम नसच्चिएसम्म दृढतापूर्वक लड्ने छौं ।”