थप दुई हजार ९३३ जनामा कोरोना पुष्टि, कूल संक्रमित एक लाख ७६ हजार ५ सय पुग्यो

१७ कार्तिक ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा दुई हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार गएको चौबीस घण्टामा दुई हजार ९३३ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख ७६ हजार ५०० पुगेको छ ।

यस्तै हाल आइसोलेसनमा ३७ हजार ५२४ जना र क्वारेन्टाइनमा २ हजार ११९ जना रहेको मन्त्रालयले बताएको छ ।

कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा तीन हजार १५० जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या एक लाख ३७ हजार ९९२ जना पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयले थप २४ जना कोरोना संक्रमितको निधन भएको बताएको छ भने योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ९८४ पुगेको बताएको छ ।