थप एक हजार ३२५ मा कोरोना पुष्टि, १० जना संक्रमितको निधन

४ असोज ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको चौबीस घण्टामा एक हजार ३२५ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

यस्तै हाल आइसोलेसनमा १७ हजार ४७८ जना र क्वारेन्टाइनमा ७ हजार ४५१ जना रहेको बताए ।

प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा ९६६ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या ४६ हजार २३३ पुगेको जानकारी दिए ।

यस्तै उनले थप १० जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ४११ पुगेको छ ।