थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमित २६ हजार १९

३१ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का ४६८ जना संक्रमित थपिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ४६८ जनामा संक्रमणको पुष्टि भएको बताएका हुन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

यस्तै हाल ८ हजार ७१६ जनामा आइसोलेसनमा, १४ हजार ४४८ कवारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

यसैगरी नेपालमा मृत्यु हुने कोरोना संक्रमितको कूल संख्या १०२ जना पुगेको समेत उनले बताए ।