७ साउन ०७७, काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनलाई टेक्सासस्थित चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ ।
आफ्नो बौद्धिक सम्पत्ति र सूचनाको रक्षार्थ चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिइएको अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
अमेरिकाले चीनलाई टेक्सासको होउस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास शुक्रबारदेखि बन्द गर्न निर्देशन दिएको हो ।
अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता मोर्गन ओर्टागसले चीनको अस्वस्थ व्यापारिक अभ्यास, अमेरिकी रोजगारी चोर्नेलगायतका व्यवहार नसहन बताएकी छन् ।
यस विषयमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकी निर्णय अपमानजनक र अन्यायपूर्ण भन्दै यस कार्यको विरोध गरेको छ ।
अमेरिका र चीन बीचको सम्बन्ध चिसिँदै गइरहेको बेला अमेरिकाले यस्तो निर्णय गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड– १९ को सुरुवाती चरण कोरोना भाइरसलाई चाइनिज भाइरस समेत भनेर महामारीकै बिच चीनको विरोध समेत गरेका थिए ।