३ जेठ ०७७, काठमाडौं । थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या २७६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणअनुसार ३ जनामा संक्रमणको पुष्टि भएको बताएको छ ।
नयाँ संक्रमिहरु कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुषहरू रहेका छन् ।