२८ चैत ०७६, काठमाडौं । विश्वभर महामारीकारुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ हजारभन्दा बढी पुगिसकेको छ ।
विश्व स्वस्थ्य संगठन (डब्लुएचओ), सीडीसी, एनएचएस, जेएचयु सीएसईईकाअनुसार शुक्रबार बिहानसम्म विश्वभर ९५ हजार ६ सय ९३ जनाको मृत्यु भइसकेको छ । यस्तै कोरोनाका संक्रमित संख्या १६ लाख ३ हजार १ सय ६४ पुगिसकेको छ भने ३ लाख ५६ हजार ४ सय ४० जना निको भइसकेका छन् ।
कोभिड–१९ को संक्रमणबाट इटालीमा १८ हजार २ सय ७९ जनाको मृत्यु भइसकेको छ भने २८ हजार ४ सय ७० जना निको भएको बताइएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा १६ हजार ६ सय ९१ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ९ सय २८ जना निको भइसकेको बताइएको छ ।
यसैगरी स्पेनमा १५ हजार ४ सय ४७ जना, फ्रान्समा १२ हजार २ सय १० जना, बेलायतमा ७ हजार ९ सय ७८ जना, इरानमा ४ हजार १ सय १० जना, चीनमा ३ हजार ३ सय ३६ जना, जर्मनीमा २ हजार ६ सय ७ जना, बेल्जियममा २ हजार ५ सय २३ जना, नेदरल्याण्डमा २ हजार ३ सय ९६ जनाको मृत्यु भइसकेको बताइएको छ ।
यसैगरी कोभिड–१९को संक्रमणबाट ब्राजिलमा ९ सय ५४ जना, स्वीटजरल्याण्डमा ९ सय ४८ जना, टर्कीमा ९ सय ८ जना, स्वीडेनमा ७ सय ९३ जना, क्यानाडामा ५ सय ९ जना, पोर्चुगलमा ४ सय ९ जना, अष्ट्रियामा २ सय ९५ जना, इण्डोनेसियामा २ सय ८० जना, इक्वेडरमा २ सय ७२ जना, आयरल्याण्डमा २ सय ६३ जना, रोमानियामा २ सय ४८ जना, डेनमार्कमा २ सय ३७ जना, दक्षिण कोरियामा २ सय ४ जना, फिलिपिन्समा २ सय ३ जना, पोल्याण्डमा १ सय ७४ जना, मेक्सिकोमा १ सय ७४ जना, भारतमा १ सय ६९ जना, पेरुमा १ सय ३८ जना, डोमिनिकनमा १ सय १८ जना, जापानमा ९९ जना, नर्बेमा १ सय ८ जना, ग्रीसमा ८७ जना, इजरायलमा ८६ जना, अर्जेन्टिनामा ७९ जना, रसियामा ७६ जना, कोलम्बियामा ६९ जना, मलेसियामा ६७ जना, सर्बियामा ६६ जना, पानामामा ६६ जना, पाकिस्तानमा ६५ जना, चिलीमा ५७ जना, युक्रेनमा ५७ जना, लक्जम्वर्गमा ५२ जना, अष्ट्रेलियामा ५१ जना, साउदी अरेबियामा ४४ जना, फिन्ल्याण्डमा ४२ जना, थाइल्याण्डमा ३२ जना, दक्षिण अफ्रिकामा १८ जना, युएईमा १४ जना, सिंगापुरमा ७ जना, कतारमा ६ जनाको मृत्यु भइसकेको छ ।
यस्तै कूल जनसंख्या १३ लाख मात्र रहेको चेक गणतन्त्र (चेकिया)मा एक सय १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने पाँच हजार ५ सय ६९ जना संक्रमित देखिएका छन । जसमा तीन सय १ जना निको भएको बताइएको छ ।
(स्रोत : डब्लुएचओ, सीडीसी, एनएचएस, जेएचयु सीएसईई)