नेकपाको विद्यार्थी संगठन, ३ सय ३५ सदस्यीय बन्यो केन्द्रीय कमिटी

१९ पुस ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय कमिटीले पूर्णता पाएको छ ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच पार्टी एकता भएको करिब १९ महिनापछि विद्यार्थी संगठनको केन्द्रीय कमिटीले पूर्णता पाएको हो ।

भागबन्डा नमिल्दा लामो समयदेखि बिस्तार हुन नसकेको विद्यार्थी संगठन अनेरास्ववियूका फ्रयाक्सन इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विनोद ढकालको उपस्थितिमा शुक्रबार बसेको बैठकले केन्द्रीय कमिटी टुंगो लगाएको हो । ३ सय ३५ सदस्यीय केन्द्रीय समितिमा पूर्वएमालेबाट १ सय ८० जना र पूर्वमाओवादी केन्द्र १ सय ५५ जना केन्द्रीय कमिटीमा परेका छन् ।

पूर्ण विवरणहित :