प्रचण्ड र सीताबीच विवाहको ५० औँ वर्षगाँठको अवसरमा पुनः विवाह

२६ बैशाख ०७६, काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सिता दाहालसँग पुनः विवाह गरेका छन् ।

२०२६ साल वैशाख २६ गते विवाह गरेका अध्यक्ष प्रचण्ड र सीताले विवाहको ५० औँ वर्षगाँठको अवसरमा पुनः विवाह गरेका हुन् ।

विवाह समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, स्थायी कमिटीका अधिकांश नेताहरु, केन्द्रीय समितिका सदस्यहरु, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदार लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।

तपाइको मत