प्रधानमन्त्री ओली भियतनाम प्रस्थान

२६ बैशाख ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा प्रस्थान गरेका छन ।

भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भ्रमणमा प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी पनि  सहभागी छन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलमा उपप्रधान एवंम रक्षामन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायतले बिदाइ गरेका छन् ।

६ दिने भ्रमका क्रममा प्रधानमन्त्री ओली सुरुमा भियतनाम जानेछन् र त्यहाँ ३० गतेसम्म व्यस्त रहनेछन् । भियनतामको भ्रमण सकाएर ३० गते नै कम्बोडिया लाग्नेछन् । दुबै देशको भ्रमणमा रहँदा प्रधानमन्त्रीले द्विपक्षीय हित प्रवर्द्धन लगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

तपाइको मत